Sunday 2nd August 2026

चोटिला र समसामयिक मुक्तकहरू -राम भण्डारी


आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे ।
अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे ।
एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता
भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे ।

जिवनलाई नै खतरा बनाई सतायो समयले ।
उकालो लाग्ने छाँट देखिएन बतायो समयले ।
आश छ सास को अझै संघर्ष सकिएको छैन
आजभोलि भन्दा भन्दै बाटो ततायो समयले ।

हिजो भन्दा आज झन् छाती चर्किएर गयो ।
अनुनयविनय कसैको नसुनेर तर्किएर गयो ।
हे ईश्वर! किन बन्यो नियति यति धेरै निष्ठुरी
छोडेन चिता माथि पनि जहर छर्किएर गयो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...