Sunday 11th October 2026

गजल -राम भण्डारी


मुर्तिमात्र हैन मानवहरुपनि भोकै बस्न थाले ।
धेरै ले ईजार खुकुलो भई पटुका कस्न थाले ।।

यो समय र प्रतिकुलता लाई कमजोरी ठानेर
उफ्रि उफ्रि ब्वाँसा र अजिङ्गर हरु डस्न थाले ।।

जनताको के मतलब?खाली हामी मर्नु हुदैन
चुत्थो सोचले गहिरो दल-दलमा फस्न थाले ।।

आँखा बन्द गरेरै बिस्वास गरिन्छ तर पनि
फाली बनेर निस्किन सियो भएर पस्न थाले ।।

कमाउने र थुपार्ने प्रतियोगिता चलेको जस्तै
कुम्ल्याउने दाउमा हदै तल सम्म खस्न थाले ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...