Monday 28th July 2025

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


गरिबीमा भाग्य पनि भाग्दो रहेछ आजभोलि ।
निन्द्रापनि सपनीमा जाग्दो रहेछ आजभोलि ।
धर्ती ओछ्याएर खुला आकाश ओढ्ने लाई
नुन पनि सुन जस्तै लाग्दो रहेछ आजभोलि ।

सारा संसारै कोरोनाको ठूलो मुलै चल्यो त ।
प्रदेश,शहर,गाउँ हुँदै टोल मा कुलै चल्यो त ।
मनगढन्ते कुरा हो कि चलेको हल्कारा मात्र
कोरोना सुई पो आयो रे हल्ला ठुलै चल्यो त ।

जस्तै बजारमा पाइने डेरीदुधको तर खल्लो ।
उस्तै हुन्छ छोरी अन्मिएर गएको घर खल्लो ।
लाग्छ अनौठो महसुस गरियो यो सताब्दीकै
तेस्तै दिदीबहिनी जमघट बिनाको दर खल्लो ।


सम्बन्धित शीर्षकहरु

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

प्रतिकृयाहरू
...