Wednesday 26th November 2025

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खुल्ने


तितोपाटी – हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले जानकारी दिए।पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको उनले बताए।

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ। मन्त्रिपरिषदकाे बैठक भाेलि बस्नेछ।सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...