Friday 2nd October 2026

गजल – राम भण्डारी


साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ ।
घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ ।

महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं
कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।।

संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर
परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।।

मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा
हाम्रो दायित्व देश,जनता लाई सघाउनु पर्छ ।।

होस्टेमा हैंसे गरी एकजुट हुन ढिलो नगरौं है
कोभिडलाई हाम्रो नेपाल बाटै भगाउनु पर्छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...