Wednesday 14th May 2025

गजल – राम भण्डारी


मुस्कुराउनु र मन खोलेर हाँसिदिनु फरक छ ।
मनपर्नु र गहिरो सम्बन्ध गाँसिदिनु फरक छ ।।

सायदै केहि थाहा भएजस्तो लागेन तिम्लाई
मन लगाउनु र मुटु भित्र टाँसिदिनु फरक छ ।।

सोच्ने गर कहिले काहीँ मेरो तिरबाट पनि है
जिवन जिउनु र अनाहक नासिदिनु फरक छ ।।

मनमा प्रश्न उठे भने शंकाकै भरमा कसैलाई
प्रतिघात गरेर मायाको फाँसिदिनु फरक छ ।।

सुन्दा उस्तै लाग्छ मायामा संगीतको धुन पनि
सुर र ताल नबुझी माया मासिदिनु फरक छ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...