Sunday 27th July 2025

गजल -राम भण्डारी


महल र झुपडी फरक भएर के‌ भो बस्ने बास एउटै हो ।
घराना उच्चनिच फरक भनेर के भो फेर्ने श्वास एउटै हो ।।

फुर्सद कसैलाई पनि छैन हेर बुझिदिने कसले यो कुरा
धनी र गरिब फरक भएर के भो जिउने आश एउटै हो ।।

संसार भर सृष्टि रच्यो ईश्वरले मानव नामको सबै बराबर
वर्ण छालाको फरक भएर के‌ भो रगतको रंग खास एउटै हो ।।

धन हुनेले भोग गर्दछन सबै सुख-सयल पैसाले बाँचुन्जेल तर
चिता चन्दनको बनेर के भो मृत्यु पछि नाम त’लास’एउटै हो ।।

कमाउने होडमा सिमाना मिचेर अकुत आर्जनले सम्पत्ति मात्रै
धेरै ढुकुटीमा भरेर के भो छैन स्वतन्त्र धनकै दास एउटै हो ।।

कसैको पनि मन शान्ति छैन किन हरपल सम्पत्ति कै ध्यानमा
जिवन रंगिन भएर के भो सोच्दछ मात्र धनको राश एउटै हो ।।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...