Thursday 9th October 2025

लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली “मालती मंगले” युटुब मार्फत बजारमा


तितोपाटी – लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली “मालती मंगले” गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले गायनमा साथ दिएकी छन् ।

निकै मिठो तीजै भाकामा गाइएको यो गीतमा गायक स्वयंको शब्द संकलन र निर्देशन तथा झलक संगीतमको संगीत रहेको छ भने मोडलहरू रेशम खनाल, स्वास्तिका बस्नेत र बिन्दु क्षेत्रीले अभिनय गरेका छन् । नेपाली समाजमा तीज सम्बन्धि विकृति फैलाउने विभिन्न गीत अाइरहेका बेला गायक खड्काले सबैलाइ सुपाच्य हुने मिठो तीज कोसेली पस्केका छन् ।

डि जि एस नेपालको अडियो तथा भिडियो रहेके मालती मंगले तीज गीतको कोरियोग्राफी मधु परियारले गरेकी छन् । त्यसै गरि भिडियोग्राफी माधब पाैडेलले गरेका छन् भने युनिक मुभि बुटवलको प्रोडक्सन रहेको उक्त गीतको सम्पादन विजय पोखरेलले गरेका हुन् । वैदेशिक रोजगारीको अनुभव संगाली सकेका र धेरै गीतहरू सृजना गरी स्वयंको गायनमा एल्बमहरू निकाली सकेका गायक खड्काले यस पटकको तीज गीतमा भने गाउँ घरका दैनिकीहरूलाइ मिठो रूपमा शब्द जाल बुन्दै लयमा प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नहोलाः


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा…

प्रतिकृयाहरू
...