Wednesday 18th February 2026

सन्नीको वायोपिकको ट्रेलर सार्वजनिक


तितोपाटी – पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् ।

बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो ।

सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो खर्च आफैं जुटाउन् । उनले सानोमा पत्रिका बेच्ने काम पनि गरेकी थिइन् ।

सन्नी पोर्न इन्डष्ट्रीमा कसरी आइन् भन्ने कथा पनि यो बायोपिकले बताउँछ । त्यसैगरी बिग बोसमा भाग लिएर बलिउडमा इन्ट्री गर्दासम्मको कथा यसमा समेटिएको छ ।

यो वेब सिरिजको पहिलो सिजन जि ५ एपमा जुलाई १६ देखि प्रशारण हुने छ । यसको निर्देशन आदित्य दत्तले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...