Saturday 3rd October 2026

तीन मुक्तकहरू -राम भण्डारी


तीन मुक्तकहरू

(१)
तिमीलाई देखे खुसी अनि हुन्थे दंग सबै ।
दिनमै देखें सपनाहरू हुन्थे निन्द्रा भंग सबै ।
धेरैपछि भेट भयो अनुहार हेर्दै छक्क परें
कस्ले चोर्यो होला तिम्रो रस अनि रंग सबै ।

(२)
पिर ब्यथा लुकाएर हाँसिरहने बानी रहेछ ।
जति गरे नरित्तिने मायाको यो खानी रहेछ ।
रिस राग मिसिएको काँडा बिच फूल सरी
मन पनि मन्दिर झैं चोखो निर्मल पानी रहेछ ।

(३)
समस्या जहाँ थियो त्यहीँ रोकिन पो थाल्यो ।
साना ठुला घटना बिस्तारै छोपिन पो थाल्यो ।
भनौ कसलाई को होला बुझ्ने वास्तविकता
मनमा धेरैपटक यहि प्रश्न ठोकिन पो थाल्यो ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...