Saturday 17th January 2026

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता छैन :निजी सचिवालय


तितोपाटी- प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएकाे हल्ला भनेका छन् ।
‘ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु ।’
उनले सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहे संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको समेत उल्लेख गरेका छन् । साथै, उनले यस्ता दुष्प्रचारको भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...