Monday 24th August 2026

८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिए


भारतको कानपुरमा डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीकाअनुसार दुबे प्रहरी मुठभेडमा मारिएका हुन्।

प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिएको थियो। गाडी पल्टिएपछि दबेले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएपछि उनको मृत्यु भएको बीबीसीले जनाएको छ।

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो। यो घटनालगत्तै भारतीय प्रहरीहरूले विकास दुवेको खोजी तीव्र पारेका थिए । सोही क्रममा दुवेका एक निकट सहयोगी पनि प्रहरी कारबाहीमा मारिएका थिए। उनलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाएका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...