Friday 26th December 2025

८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिए


भारतको कानपुरमा डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीकाअनुसार दुबे प्रहरी मुठभेडमा मारिएका हुन्।

प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिएको थियो। गाडी पल्टिएपछि दबेले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएपछि उनको मृत्यु भएको बीबीसीले जनाएको छ।

भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो। यो घटनालगत्तै भारतीय प्रहरीहरूले विकास दुवेको खोजी तीव्र पारेका थिए । सोही क्रममा दुवेका एक निकट सहयोगी पनि प्रहरी कारबाहीमा मारिएका थिए। उनलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाएका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...