Tuesday 11th November 2025

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो


काठमाडौं -नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।  नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत:फूर्त यस्तो निर्णय लिएको जानकारी दिए।

‘केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय त गरेको छैन तर कम्पनीहरुले स्वत:फुर्त यो कदम चालेका हुन सक्छन्’, उनले भने, ‘मलाई पनि भारतीय समाचार च्यानल बन्द गरिएको जानकारी आएको छ। तर केवल टेलिभिजन महासंघबाटै निर्णय गरेर यो कदम चालिएको होइन।’ लेकालीका अनुसार कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन्। भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हुन सक्ने उनले बताएका छन्।
-थाहाखबरबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...