Thursday 1st October 2026

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो


काठमाडौं -नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।  नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत:फूर्त यस्तो निर्णय लिएको जानकारी दिए।

‘केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय त गरेको छैन तर कम्पनीहरुले स्वत:फुर्त यो कदम चालेका हुन सक्छन्’, उनले भने, ‘मलाई पनि भारतीय समाचार च्यानल बन्द गरिएको जानकारी आएको छ। तर केवल टेलिभिजन महासंघबाटै निर्णय गरेर यो कदम चालिएको होइन।’ लेकालीका अनुसार कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन्। भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हुन सक्ने उनले बताएका छन्।
-थाहाखबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...