Sunday 21st June 2026

केहि मुक्तकहरू -राम भण्डारी


मुक्तक


माया रुपी एक प्याला पिएको मात्र हो ।
तिमी आउछौ कि इसारा दिएको मात्र हो ।
मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर
कति छ मेरो माया परिक्षा लिएको मात्र हो ।


श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने ।
भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने ।
किन प्यारो देश छाडि परदेशी हुइन्थ्यो र
घर मुनिको ठुलो रुखमा पैसा फल्थ्यो भने ।


दागले मुछिएको हैन स्वच्छ नाउँ भए पुग्छ ।
ईर्ष्या द्वेस बिना सुन्दर शान्त गाउँ भए पुग्छ ।
चाहिन्न मलाई विना श्रम कसैको कालो धन
मृत्यु पछि आफै बराबरको ठाउँ भए पुग्छ ।


कुनै घटाउँदा राम्रो भने कुनै थप्दा राम्रो ।
अझै उनीहरु भन्छन् हाम्रै नाम जप्दा राम्रो ।
सरकार यो बन्दाबन्दी बढेपनि घटाए पनि
भएजति पीडा सबै जनताले नै खप्दा राम्रो ?

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...