तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ६१४३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि काठमाण्डाैं नयाँ बानेश्वरका ८५ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३२ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ४२ हजार २ साय ४७ जनाको परीक्षण भएको छ भने क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् ।
विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १० लाख ५३ हजार भन्दा बढि संक्रमित भइ ६१ लाख ९१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख २५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।