Sunday 21st June 2026

नेपालमा कोरोना अपडेटः जम्मा संक्रमित १५२५९, निको भएका ६१४३, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ६१४३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि काठमाण्डाैं नयाँ बानेश्वरका ८५ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३२ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ४२ हजार २ साय ४७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १० लाख ५३ हजार भन्दा बढि संक्रमित भइ ६१ लाख ९१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख २५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...