Saturday 14th February 2026

नेपालमा अहिलेसम्म कोरोना संक्रमित १४५१९ पुगे, ४३२० निको भए भने ३१ जनाको ज्यान गयो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ४३२० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि म्याग्दी धाैलागिरी नगरपालिका – ४ को ४९ दिनको एक शिशुको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३१ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २२५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ३७ हजार ७ साय ६४ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८ लाख ३४ हजार भन्दा बढि संक्रमित भइ ६० लाख ५४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख १९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...