Monday 5th October 2026

कविताः आमा – सुशिल बस्याल


आमा
१
जन्मदिने आमा पाइदैन संसार डुलेर ।
आमाले माया गर्नुहुन्छ भित्री मन खोलेर ।।
बच्चा ठूलो भएपछी पहिला भन्छ आमा ।
चोटपटक, दु:ख पर्दा पहिलो वचन आमा ।।

२
जसो तसो फकाएर खुवाउनु भो खाना ।
माया गरि बोलाउनु भो भनि सानु, साना ।।
चिसोमा आफू सुति सुताउनु भो तातो खोजी ।
के खाला भनी खुवाउनु भो मीठो रोजी रोजी ।।

३
लुतो आउँछ भनी खेलाउन दिनुभएन माटो ।
नुहाईदिँदा भन्नुहुन्थो सातो आयो सातो ।।
मेला पात जाँदा घरकै चिन्ता लिने बानी ।
मैले पनि दुःख दिएँ होला जानी नजानी ।।

४
हिँड्न सिकाउनु भयो ताते ताते गर्दै ।
लेख्न,पढ्न सिकाउनु भो क,ख,ग,घ भन्दै ।।
दिशा पिसाब सोर्नु भयो नमानेर घिन ।
मेरै लागि काम गर्नु भो दिन प्रति दिन ।।

५
आशीर्वाद दिनुस आमा जित्छु संसार ।
महिमा छ हजुरको अपार अपार ।।
आमाको आदर सम्मान गर्नुपर्छ हेर ।
आमाको मन जितेको जान्न कहिलै खेर ।।

६
मलाई खुवाउनु भो आफुले खाई नखाई ।
रातदिन हेरचाह गर्नु भो काम छोडी मलाई ।।
मातृप्रेम संसारकै सबैभन्दा ठूलो रैछ जान ।
आमालाई संसारकै महान ब्यक्ती ठान ।।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक पाल्पा,नेपाल


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...