Saturday 26th July 2025

केहि मुक्तकहरू -राम भण्डारी


केहि मुक्तकहरू

प्रेमको आलाप मा प्रेमालाप बन्छ ।
बिछोडको पिडामा प्रेम पाप बन्छ ।
यहाँ मुल्य थाहा भएन भने प्रेमको
अमुल्य चोखो प्रेम अभिशाप बन्छ ।

कहिले तृप्त हुँदैन लागेर धनको पछि ।
किन कोहि लाग्दैन दुःखी मनको पछि ।
बँचेको के हुन्छ र दुःखी मनहरु सँग
निराशा ले मारिसकेको जनको पछि ।

रावणहरु को हुलमा रामको के काम ।
अबिश्वास भए बिश्वास नामको के काम ।
अधर्मको प्रभाव बढ्दैछ यस जगतमा
दानव लाई पावन देवी धामको के काम ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...