Tuesday 23rd June 2026

चार्टर्ड उडानमार्फत् बहराइनबाट २७३ जना स्वदेश फर्किए


तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् ।

पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले साढे ११ बजे कुवेतबाट पनि आममाफी पाएका नेपाली स्वदेश आइपुग्नेछन् ।

झण्डै १५० जनालाई जजिरा एअरलाइन्समार्फत कुवेतले निःशुल्क स्वदेश पठाइदिएको हो । शुत्रबार मलेसियाको क्लालाम्पुरबाट पनि नेपाली स्वदेश फर्कंदै छन् ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...