Wednesday 14th May 2025

यही अवस्था रहे पार्टी विघटन हुन सक्छ: प्रचण्ड


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताए।

उनले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था उत्पन्न भएको बताए।

‘हामीले पार्टी एकता गर्ने बेलाम कुनै मोर्चा बनाएर जाने कि भनेरसमेत मलाई सुझाव आएको थियो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने, ‘कतै त्यही गरेको भए राम्रो हुन्थ्यो कि भन्नेसमेत सोच आउने गरेको छ। तर अब हामी पार्टी एकताबाट पछि हट्न सक्दैनौं। यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ।’

प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताए।

‘अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो,’ प्रचण्डले भने,’अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

सरकारको कामबाट जनता खुसी नभएको भन्दै प्रचण्डले पार्टीको काम पनि सही ढंगले अगाडि बढ्न नसकेको बताए।

‘पार्टी र सरकार सबैमा एउटै व्यक्तिको दबदबा बढेको छ। कार्यकारी अध्यक्षको भूमिका रहे पनि त्यो अनुसारको काम भएको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का स्थायी समिति सदस्यले भने,’विगतमा भएका सहमति र समझदारी कार्यान्वयन हुन सकेको छैन। यस्तै पाराले पार्टी अगाडि बढ्न सक्दैन।’

२०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर गल्ती भएको संकेतसमेत प्रचण्डले गरेका थिए।

एक स्थायी समिति सदस्यका अनुसार २०७६ मंसिर ४ गतेको सहमति कार्यान्वयन नभएको समेत उनले बताएका थिए।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...