Sunday 21st June 2026

मन पर्ने मान्छे -राम भण्डारी


“मन पर्ने मान्छे”
-राम भण्डारी
हजारौंको भिडमा तिमी एक मन पर्ने मान्छे ।
लाखौं जुनी जिउनु तिमी साह्रै मन पर्ने मान्छे ।।

मरुभूमिमा बसन्त ऋतु वर्षियो तिम्रो साथले
मेरो जिबनकै तिमी अचाक्ली मन पर्ने मान्छे ।।

भत् भति पोलीरहेको मेरो मुटु सम्हालेर
चन्द्र जस्तै सित्तल दिने तिमी मन पर्ने मान्छे ।।

कोमल हातका स्पर्शले‌ मन तरङ्गित बनाउदै
तिम्रै आँखामा संसार भुलाउने मन पर्ने मान्छे ।।

तिम्रो समिपको न्यानोपनमा हराएको बेला
मेरो गल्तीमा माफी दिने मेरो मन पर्ने मान्छे ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...