Thursday 16th October 2025

मन पर्ने मान्छे -राम भण्डारी


“मन पर्ने मान्छे”
-राम भण्डारी
हजारौंको भिडमा तिमी एक मन पर्ने मान्छे ।
लाखौं जुनी जिउनु तिमी साह्रै मन पर्ने मान्छे ।।

मरुभूमिमा बसन्त ऋतु वर्षियो तिम्रो साथले
मेरो जिबनकै तिमी अचाक्ली मन पर्ने मान्छे ।।

भत् भति पोलीरहेको मेरो मुटु सम्हालेर
चन्द्र जस्तै सित्तल दिने तिमी मन पर्ने मान्छे ।।

कोमल हातका स्पर्शले‌ मन तरङ्गित बनाउदै
तिम्रै आँखामा संसार भुलाउने मन पर्ने मान्छे ।।

तिम्रो समिपको न्यानोपनमा हराएको बेला
मेरो गल्तीमा माफी दिने मेरो मन पर्ने मान्छे ।।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...