Sunday 9th August 2026

कोभिड-19 को नियति – राम भण्डारी


“कोभिड-19 को नियति”
-राम भण्डारी

डर लागेको थियो कोरोनाले नै मरिन्छ कि भनेर ।
बस्नु पर्यो दुरी राखेर चपेटामा परिन्छ कि भनेर ।।

खुल्छ भन्दा भन्दै झन् झन् बन्दा बन्दी थपिएर ।
गन्दा गन्दै तिन बिस दिनहरु बिते यहाँ तड्पिएर ।।

जनको क्षति त कहिल्यै हुन्न पुरा सम्झेर तर्सिइन्छ ।
मुटु काँप्छ,कारुणिक स्वरहरु सुन्दा आँसु बर्सिन्छ।।

न बन्यो कुनै बुटि सहजै न दवाईमुलो गर्ने जसो गरि ।
यसको अन्त्य कहिले होला?कहाँ सम्म हो? कसोगरी ।।

लिन्छौ किन भगवान परिक्षा सबलाई दिएर दुःख अति ।
चट्टै निको पारी सम्पुर्ण जनको लागेको कोभिड-19 जति ।।

फर्काइदेउ सबलाई जहाँ जहाँ रोकिएका अाफ्नै गन्तव्यमा ।
उस्तै होस् हाँसो खुसी जगमा मित्र भाव एक आपसमा ।।


सम्बन्धित शीर्षकहरु

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

प्रतिकृयाहरू
...