Wednesday 30th September 2026

के गर्यो ? -राम भण्डारी


के गर्यो?
-राम भण्डारी

मुटु थर्काउने,छिन्-छिन् मै कोहोलो,धर्ती हल्लाउने गरी ।
जान्थे-आउँथे पहाड छिचोल्दै छितिज पारीनिर्धक्क चरा सरी ।।

कहाँ गयो सब यो हामी बिच खालि यादमात्रै रहिरह्यो ।
बर्षाको भेल झैं आइरहने आज कल्पना मै बगिरह्यो ।।

नामै लिन मन छैन यो बर्बादीको,हेर्दाहेर्दै बिमानघाट सुनसान छ ।
हूलका हूल, गन्तव्य पुग्न विमान फेर्दाफेर्दै हुन्थे,अहिले पुरै शान्त छ ।।

सबै सबै कल्पना जस्तो लाग्दैछ देखेको आफ्नै आँखाले ।
कसरी सम्झाउँ म? अन्योलमा छु आफैंले भोगेको नाताले ।।

आज भोली पर डाँडाबाट बत्तीको उज्यालो जमिनमा परेको ।
मन खुशीले रमाउछ बिमानघाटमा धेरै पछि बिसान हुँदै गरेको ।।

खुसी हुँदै एक आपसमा भन्यौं उ हेर त प्लेन आयो नि ।
अँ हो त हिँजो बिहान पनि एउटा औषधि लिन गयो नि ।।

दैनिकी यस्तै यस्तै चल्दै छ पुरानै अवस्थामा फर्किने आशामा ।
शान्त, स्वच्छ, सुन्दर अनि सबै हाँसी खुशी हुने अभिलाषामा ।।

जुटेर परदेशी पनि काँधमा काँध मिलाइ प्यारो माटोमा ।
हिडौं अनन्त यात्रा सन्ततिको लागि देश बिकासको बाटोमा ।।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

प्रतिकृयाहरू
...