Tuesday 14th October 2025

महामारी बिरूद्ध लडाैं – राम भण्डारी


महामारी बिरूद्ध लडाैं
-राम भण्डारी

हामीलाई यो धङ्धङीले कहिले छोड्ला गुन्जिएको एउटै धुन ।
टिभी, रेडियो, पत्रिका, रिङ्टोन मोबाइलमा बजिरहन्छ पुन: ।।

घर घरमा यस्कै चर्चा,वाक्क लाग्छ,वरिपरि घेरिए झैं लाग्छ ।
छिमेकीले बोलाए “सर के छ आरामै” ? सोधेजस्तो लाग्छ ।।

मैंले भने “कोरोनाको” ? फेरि मन चस्स भएझैं लाग्छ ।
प्रतिउत्तर गरें फेरि कोरोना अब छिट्टै पृथ्वीबाट भाग्छ ।।

मानौ मन मस्तिष्क खाली भएको छ कोभिडको ताण्डवले ।
अब के होला अगाडि सोच्दासोच्दै कसरी थाम्छ ब्रह्माण्डले ।।

करोडौं तड्पिएका छन् यहाँ, बाँच्न काेभिड-19 सँग भागेर ।
लाखौं अस्पतालमा कोभिड बिरुद्ध जित्दै मृत्युलाइ नाघेर ।।

लड्दालड्दै हार स्विकारी गए आफन्त एक्लो पारेर ।
छोडी गए कत्ति त कहिल्यै नफर्किने गरी माया मारेर ।।

यो दुःखको समयमा आत्माविश्वास लिइ अघि बढौं ।
संसारकै मनव जगत एक भई माहामारी बिरूद्ध लडौं ।।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...