Sunday 9th August 2026

गजल -राम भण्डारी


गजल
-राम भण्डारी

यादमा बालपन त्यो फिर्ता लिन चाहन्छु ।
धन दौलत सर्बस्व म सबै दिन चाहन्छु ।।

यो सृष्टिलाइ नखल्बल्याई नम्र भएर
अबोधपनमा पुन: फर्किन चाहन्छु ।।

थियो बडो आनन्द जो सम्झना धमिलो
रुदाँ म आमा फकाउछिन् पर्खिन चाहन्छु ।।

अरुको लाख भन्दा न्यानो आमाको काख
बितेका उमेर देखि फेरि तर्किन चाहन्छु ।।

धर्ती हुन् आमा देवी,सृष्टि सबै आमाको
अमृत शब्द”आमा”मुटुभरि छर्दिन चाहन्छु ।।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

प्रतिकृयाहरू
...