Sunday 27th July 2025

गजल -राम भण्डारी


गजल
-राम भण्डारी

यादमा बालपन त्यो फिर्ता लिन चाहन्छु ।
धन दौलत सर्बस्व म सबै दिन चाहन्छु ।।

यो सृष्टिलाइ नखल्बल्याई नम्र भएर
अबोधपनमा पुन: फर्किन चाहन्छु ।।

थियो बडो आनन्द जो सम्झना धमिलो
रुदाँ म आमा फकाउछिन् पर्खिन चाहन्छु ।।

अरुको लाख भन्दा न्यानो आमाको काख
बितेका उमेर देखि फेरि तर्किन चाहन्छु ।।

धर्ती हुन् आमा देवी,सृष्टि सबै आमाको
अमृत शब्द”आमा”मुटुभरि छर्दिन चाहन्छु ।।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...