Tuesday 16th December 2025

सुनसरीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


तितोपाटी – सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो ।

दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको छ भने घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर छ् । मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । अरुको पह्चिान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

दुर्घटनालगतै नजिकै रहेको प्रहरी चेकपोइन्टका प्रहरी टोलीले उनीहरुको उद्धार गरेर अस्पताल पु¥याएको थियो । तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...