Tuesday 27th October 2026

कुवेतमा पछिल्लो २४ घन्टामा १,०४१ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा १,०४१ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा आजसम्ममा १८,६०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ, भने १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३२० जनाले स्वास्थ्य लाभ गरेका छन ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  ३२५ जना भारतीय नागरिक रहेका छन, भने २११ जना कुवेती नागरिक, १७७ जना इजिप्सियन र १३९ जना बाङ्लादेशका नागरिक सहित अन्य देशका नागरिक समेत रहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १८,६०९ जना कोरोना संक्रमित मध्ये अहिले सम्म ५,२०५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट  संक्रमित १३,२७५ जना विभिन्न अस्पतालमा उपचाररत छन भने १८१ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...