Wednesday 19th August 2026

कुवेतमा भक्तपुरकी मुना प्रजापतिको मृत्यु


हरि कृष्ण न्यौपाने – भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो ।

मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार ‘मृतक मुना करिब तीन महिना देखि हात दुख्ने र जिउ सुन्निने रोगले ग्रसित थिईन । उनलाई २१ दिन अघि मात्र अस्पताल भर्ना गरिएको थियो ।’

नेपाली राजदूताबास कुवेतका द्वितीयत सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने “राहदानी नं ०५८२८८०४ भएकी मुना प्रजापतिको मृत्यु भएको जानकारी दूतावासलाई आएको छ। उनको मृत्युको पूर्ण बिबरण आउन बाँकी छ । दूताबासले कानुनी प्रक्रिया र कम्पनी तथा परिवारसंग समन्वय गर्ने काम शुरू गर्ने छ।”
प्राप्त जानकारी अनुसार कुवेत पल्स क्याटरिङ कम्पनीमा कार्यरत मृतक मुनाको एक छोरी र श्रीमान नेपालमा रहेका छन ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...