Tuesday 27th October 2026

कुवेतमा आज पनि ३ नेपाली सहित २८४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाइरस (कोभिड-१९) बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४,०२४ जना संक्रमित भएका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो २४ घन्टामा ५१ र ५४ बर्षिय दुई भारतिय नागरिकको मृत्यु भएको छ, भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। यसै गरि पछिल्लो २४ घन्टामा १५० जनाले स्वास्थ्य लाभ गरेका छन ।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकारी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ, भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ४,०२४ संक्रमित मध्ये ६६ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ, भने अहिले सम्म १,५३९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...