Thursday 10th September 2026

कुवेतमा सुनसरीका राजकुमारको हृदयघातबाट मृत्यु


हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ।

उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड लोजेस्टिक कम्पनीमा आएको देखिए पनि करिब एक बर्ष देखि अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।उनको हृदयघातको कारण आदान अस्पतालमा मार्च-२८ तारिक मृत्यु भएको र दूताबासबाट गर्नु पर्ने सम्पूर्ण कागती प्रकृया शुरु गरिएको छ।मृतकको घरमा दुई श्रीमति र ६ छोरी रहेका छन।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...