Tuesday 27th October 2026

कुवेत अपडेट: १२ नेपाली सहित १३०० जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १२ नेपाली सहित १३०० जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै भन्दा बढी ४० जना भारतीय नागरिक रहेका छन भने एक जना नेपाली नागरिकमा पनि पुष्टि भएको छ ।

आज प्रकाशित समाचारमा जनाइए अनुसार जम्मा १३०० जना संक्रमित मध्ये अहिले सम्म १५० जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना संक्रमित ११४८ जना अस्पतालमा उपचाररत छन भने  २६ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म दुई  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...