तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु
अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली श्रमिकहरुबाट । हामीलाई लाग्थ्यो हाम्रो दुतावास छ जसले हाम्रो अभिभावकत्व ग्रहण गरेर कुवेतमा बसेको छ तर अप्ठयारो परेको बेला पनि तपाई नबोल्ने हो भने हामीलाई दुतावास भएको र नभएको मा के फरक पर्लार ? आफ्ना नागरिकहरु तनाबमा भएको बेला नबोले कहिले बोल्नु हुन्छ ? हामीलाई संझाई बुझाई सान्तवना दिने अरु को छर ?
कोभिड १९ ले महामारिको रुप लिईरहेको बेला हामी प्रवासमा छौ । त्यसो त देशको पनि उही हाल छ तर एक्लो हुदा को मनोविज्ञान र साथमा सवै हुदाको फरक हुदो रहेछ । सहज परिस्थिती भए तपाईलाई किन गुहार लाउनु पथ्र्योर ? अप्ठयारामा नै हो सम्झने । यतिबेला नै हो सरकारले जनताको आवाज र क्रन्दन सुन्ने पनि । अनि तपाई माध्याम हो हाम्रो कुरा पुरयाउने र हामीलाई सुनाउने । तर खोई यतिका दिन वितिसक्यो केही बोल्नुहुन्न किन हो ? हामीसँग जति रिस उठे पनि मनमा माया त पक्कै होला नी है ।हिजो हाम्रा प्रधानमन्त्रीले यहाँका प्रम सँग कुरा गरे भन्दा कम्ता खुशी लागेको थिएन । पक्कै पनि तपाईले यो तारताम्य हाम्रै सुरक्षा र संरक्षणका लागि मिलाउनु भएको होला । तर जो लिगल छौं । कम्पनीको आवास प्रयोग गर्दछौ तिनका लागि अझै समालिएर बस्ने दिन छन तर जो ईलिगल छन । गैह कानूनी भएर बसेका छन तिनको अवस्था को अध्यायन गर्नुस त ? नत जागिर छ नत आवासको भाडा तिर्ने अवस्था छ । भाग्ने लाई खुच्चिम भन्ने हो भने बेग्लै कुरा हो ।
यहाँको सरकारले जति पनि हामी तिनको चिन्ता नगर्ने ? जहाजको भाडा समेत आफै बेहोरेर तिम्रो ईलिगल जनता तिम्रै देश पुरयाई दिन्छु तिनलाई ग्रहण गर भन्ने देश त संसारमै शायदै होलान । हो उसले आफ्नो सुरक्षा चासो हेरेको होला तर हामीले पनि त हाम्रा जनताको जीवनको को चासो लिन पर्दो हो नी । तिनले भागेर, लुकेर, छिपेर कमाएको पैसा त नेपाल नै जान्थ्यो नी होइन ? हामीलाई कम्पनी ले हेर्ला अझै केही दिन । बस्न खाचो छैन । भोकै मर्ने अवस्था पनि हुदैन । अलिक पछि के हुन्छ त्यो त कसले जानेको छर ? आज यस्तो होला भनेर हिजो नै थाहा भईदिएको भए त व्रिटेनका प्रम आज अस्पतालमा हुने थिएनन । खैर भोलीको कुरा भोली नै गरौला आजको कुरा तपाई ले बोल्नुस भन्ने मा मेरो जोड हो । शायद मैले गलत बोलेको भए प्रतिक्रिया अरुले गर्लान । तपाई त बोल्ने भा पो । आजै मात्र मैले नेपाल स्थित एक सस्थासँग यहाँको बस्तुस्थितीको बारेमा मेरो ज्ञान र सुद्धिले बुझेको कुरा सुनाए । तपाईले त झन कयौ गुणा धेरै बुझ्नु भएको छ र त्यसै अनुसार नेपाल सरकारसँग कुरा गर्नु हुदो हो । कमसे कम के भन्छ सरकार ? के गर्न सक्छ, के गर्न सक्दैन तपाईलाई त पूर्ण जानकारी छ नी । अलिअलि शेयर गर्न मिल्दैन ? तपाईको जोडबल ले मात्र सम्भव छ । यहाँ हामीले जुलुस लाउदा हुने भा तपाईको मद्दतका लागि लाईदिन्थ्यौ । तर कस्ता दिन आए हेर्नुस त घर भित्रबाट निस्कन पनि नसक्ने, भित्र बसिरहेर पनि नबाचिने । यहि हाईन ईलिगलहरुले भोगिरहेको पिडा ।
एक मेरा मित्रले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको थियो अब कुवेत सरकारले नेपालमा क्वारेन्टाईन बनाई दिन्छु भन्न मात्र बाकी छ । त्यसको मतलब पनि तपाई लाई बोल्नुस भनेको होला । बास्तबमा त्यति नै बाकी छ । उहाँको कुरामा मेरो पूर्ण समर्थन पनि हो । साँच्चै यीनलाई लागेर राख्ने क्वारेन्टाईन नै चाहिएको हो भने पनि बोल्न परर्यो । अनि मात्र यहाँका ईलिगल नेपाली लान सकिन्छ भन्ने हो भने कुवेत सरकारले त्यो पनि स्वीकर गर्न बेर छैन तर त्यहाँ सम्मको लाजमर्दो माग उसँग नगरौ हाम्रो देशको ईज्जतको हामीलाई पनि ख्याल छ । बरु यहाँ रहने नेपालीहरु जो लिगल छौ एक एक केडी डोनेट गरौला । समस्या के हो तपाईले बोलिदिन परयो ? आज नभए भोली तिनलाइ लानै पर्ने हुन्छ । तर भोली का दिनमा आज जति सहज हुदैन ।तिनको मात्र कुरा होईन हामी पनि भोलीका दिनमा जान चाहान्छौ । कोभिडले यदि हामीलाई यो धर्तिमा बाँच्ने अनुमति दिएछ भने । पक्का कुरा यहि हो म नगए उ जान्छ । नेपालीहरु आधाले नोकरी गुमाउने दिन धेरै पर छैन । धेरै नेपाली कुवेत छाडेर स्वदेश जानेवाला छन ।
कोभिडको कहर समाप्त हुनको साटो दिनदिनै बढदो छ । हाम्रा स्पोन्सरहरु ले नै कुवेत छाडेर भाग्न पर्ने स्थिती बन्दैछ । हामी लिगल छौ भनेर ढुक्क छैनौ तर पर्ख र हेरौ को अवस्थामा हामी अझै केही महिना तपाईलाई लैजाउ नभनौला । सहज परिस्थिती भएर हवाईयात्रा खुले तपाइ ले थाहा नपाई नेपाल पुगेर बाईबाई गरौला तर अहिले हाम्रा लागि होईन सवै भन्दा अप्ठयारो र जोखिम मोलिरहेकाहरुको नेपालीहरुका लागि पहल होस । के हुदैछ जानकारी होस । आशावादी भएर तपाईको सन्देश सुन्न लालायीत छौ निराश पार्ने गरी मौन ब्रत बसिदिन भएन ।