Thursday 10th September 2026

नेपाली दूतावास यूएईले गर्यो अत्यावश्यक बाहेकका सेवा बन्द


तितोपाटी- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।

कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन हुने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपाल सरकारले गत फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गरेका छन् ।

दूतावासको तथ्यांक अनुसार यूएईमा २ लाख ७५ हजार नेपाली कार्यरत रहेका छन्। यूएईमा २ जना नेपालीलाई समेत कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरु उपचाररत रहेको जनाइएको छ । -खबरहब बाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...