Monday 12th January 2026

झुप्री भण्डारीको’सम्झी रुनारुना’ सार्वजनिक(भिडियो सहित)


तितोपाटी- बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत ‘सम्झी रुनारुना’ सार्वजनिक भएको छ । उक्त गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

झुप्रीले नेपालको पहिलो रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र अँध्यारोको महसुस गर्न नपाएकी झुप्रीले आफ्नो जिन्दगीको कथा जस्तै गीत गाउँदै आएकी छन् । आँखा नदेखेकै कारण उनले औपचारिक शिक्षाबाट समेत बन्चित हुनुपर्‍यो तर पनि उनले सुनेको भरमा टपक्कै लय टिपेर आफ्ना पीडालाई गीतमा ढाल्न सक्छिन् । आफ्नो जिन्दगीदेखि वाक्क लागेको र पटक्कै बाँच्न मन नलागेको अभिव्यक्ति उनका गीतमा पाइन्छ । उनका गीतमा आमाले आफूलाई नमारेकामा खुब गुनासो गरेकी छन् । उनका गीतमा प्राय: निराशावादी चिन्तन पाइन्छ ।

आफ्नै जिन्दगीको वास्तविकतालाई गीतमा उतार्ने झुप्रीलाई काठमाडौंसम्म ल्याएर संसारभर चिनाएका स्रष्टा कमल सङ्घर्षले ‘सम्झी रुनारुना’को गीत लेखनमा सघाएका छन् । गीतमा पाण्डव विष्टको लय रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । गीत सडक मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियो निर्देशन कमल सङ्घर्ष र बरुण रिजालले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...