Tuesday 13th October 2026

पोर्चुगलमा एनआरएनए वरिष्ठ उपाध्यक्षले पत्रकार कुटे, युरोप महासंघद्वारा बिज्ञप्ति जारी


तितोपाटी- गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन् । थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन् । उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ ।

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटका बिरुद्द प्रहरी समक्ष उजुरी दिएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सर्नासहित थापालाई पदमुक्त गर्न माग गरेको छ ।


धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध पत्रकर हुन् । भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो ।

आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँदै उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु ।’ धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाईसमेत नछोड्ने भन्दै उनले अन्यलाईसमेत धम्काएका छन् ।नेपालप्लस बाट


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...