Sunday 1st February 2026

कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो


तितोपाटी-नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी थप गरिएको छ ।‘कोरोना भाइरस’ नेपालमा पनि फैलनसक्ने जोखिम बढेपछि विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको हो ।

हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण शुरु गरेको थियो । यस भाइरसका कारण चीनमा हालसम्म २५ जनाको ज्यान गइसकेको छ ।

अहिले चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेका कारण यसको जोखिम बढ्न सक्ने भन्दै विमानस्थलको हेल्थ डेक्सलाई थप सक्रिय बनाइएको हो ।हाल कोरोनाभाइरस चीन, जापान, कोरिया, थाइल्यान्ड लगायतमका मुलुकमा फैलिएको छ ।-खबरहब बाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...