Friday 19th December 2025

अजरबैजान भन्दै घरेलु कामदारका लागी कुवेत पुर्याइन्छन् नेपाली महिला


तितोपाटी- पछिल्लो समय नेपाली महिला श्रमिक घरेलु कामकादारका लागि कुवेत तस्करी हुने क्रम बढ्दो छ । अन्य देशको श्रम स्वीकृति निकालेर घरेलु महिला श्रमिक कुवेतका विभिन्न शहरमा घरेलु कामका लागि पुर्याउने गरिएको छ । तस्करले नेपालबाट व्यक्तिगत श्रम स्वीकृति निकालेर खाडीका देशमा घरेलु काममा नेपाली महिला लैजाने गरेको नयाँ तथ्य खुलेको छ ।

सरकारले २०७२ सालदेखि मलेसिया र खाडीका देशहरूमा वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएको थियो । अफ्रिकी देश अजरबैजानको व्यक्तिगत भिसा निकालेर कुवेतमा घरेलु कामका लागि नेपाली महिला तस्करी भइरहेको नयाँ रहस्य खुलेको हो । अन्य देशको रोजगारीमा पठाउने भनेर व्यक्तिगत भिसामा नेपाली महिलालाई कुवेतमा घरेलु कामका लागि तस्करले पुर्याइरहेका छन् ।

गत पुसयता अजरबैजानका लागि करिब १ सय ३७ जना महिलाका लागि व्यक्तिगत भिसामा वैदेशिक रोजगार विभागअन्तर्गतकाे श्रम कार्यालयले श्रम स्वीकृति जारी गरेको छ । अजरबैजानका लागि जारी गरिएको भिसामा नेपाली महिला श्रमिकलाई घरेलु कामका लागि कुवेत पुर्‍याइन्छ ।
वैशाख महिनायता करिब ५ सयभन्दा धेरै महिलाको व्यक्तिगत श्रम स्वीकृति श्रम कार्यालयबाट जारी भएको पाइएको छ । यसरी व्यक्तिगत भिसा निकालेका महिला प्राय: कुवेत र खाडीका अन्य देशसँगै मलेसिया पुर्‍याइने गरिएको हो ।यो खबर शिलापत्रमा रमेश भारतीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...