Friday 2nd October 2026

अजरबैजान भन्दै घरेलु कामदारका लागी कुवेत पुर्याइन्छन् नेपाली महिला


तितोपाटी- पछिल्लो समय नेपाली महिला श्रमिक घरेलु कामकादारका लागि कुवेत तस्करी हुने क्रम बढ्दो छ । अन्य देशको श्रम स्वीकृति निकालेर घरेलु महिला श्रमिक कुवेतका विभिन्न शहरमा घरेलु कामका लागि पुर्याउने गरिएको छ । तस्करले नेपालबाट व्यक्तिगत श्रम स्वीकृति निकालेर खाडीका देशमा घरेलु काममा नेपाली महिला लैजाने गरेको नयाँ तथ्य खुलेको छ ।

सरकारले २०७२ सालदेखि मलेसिया र खाडीका देशहरूमा वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएको थियो । अफ्रिकी देश अजरबैजानको व्यक्तिगत भिसा निकालेर कुवेतमा घरेलु कामका लागि नेपाली महिला तस्करी भइरहेको नयाँ रहस्य खुलेको हो । अन्य देशको रोजगारीमा पठाउने भनेर व्यक्तिगत भिसामा नेपाली महिलालाई कुवेतमा घरेलु कामका लागि तस्करले पुर्याइरहेका छन् ।

गत पुसयता अजरबैजानका लागि करिब १ सय ३७ जना महिलाका लागि व्यक्तिगत भिसामा वैदेशिक रोजगार विभागअन्तर्गतकाे श्रम कार्यालयले श्रम स्वीकृति जारी गरेको छ । अजरबैजानका लागि जारी गरिएको भिसामा नेपाली महिला श्रमिकलाई घरेलु कामका लागि कुवेत पुर्‍याइन्छ ।
वैशाख महिनायता करिब ५ सयभन्दा धेरै महिलाको व्यक्तिगत श्रम स्वीकृति श्रम कार्यालयबाट जारी भएको पाइएको छ । यसरी व्यक्तिगत भिसा निकालेका महिला प्राय: कुवेत र खाडीका अन्य देशसँगै मलेसिया पुर्‍याइने गरिएको हो ।यो खबर शिलापत्रमा रमेश भारतीले लेखेका छन


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...