Wednesday 9th July 2025

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन


तितोपाटी – गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन्।

गायक भट्टराईको ‘कामनाले भरिएको‘’ पहिलो गीत हो। दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए। ‘माया गर माया गर‘’ उनको अर्को लोकप्रिय गीत हो। यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन्। उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती‘’ हो। यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...