Friday 20th March 2026

जागृतिले जनचेतना तथा राहत उद्दार विभाग प्रमुख प्रदिप नेपालीलाइ विदाइ गर्यो


तितोपाटी-कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले संस्थाका जनचेतना तथा राहत उद्दार विभाग प्रमुख प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। संस्थाले सामाजिक सेवाको क्षेत्रमा लागि परेर सूचना विभाग प्रमुख हुँदै जनचेतना तथा राहत उद्दार प्रमुखको रूपमा कुवेत बसाइलाइ बिट मारी स्वदेशमै पाैरख गर्ने सोचका साथ नेपाल फर्कन लागेका नेपालीलाइ एक विदाइ कार्यक्रमको आयोजना गरि मायाको चिनो, उपहार, दोसल्ला र खादा ओढाएर विदाइ गरेको हो।

संस्थाका अध्यक्ष टिकाराम आचार्यको सभाध्यक्षता एवं महासचिव जिवन सुनारको  संचालनमा सम्पन्न विदाइ कार्यक्रममा कार्य व्यस्तताले उपस्थित हुन नसकेका बाहेक संस्थाका सबै सदस्यहरूको उपस्थिति रहेको थियो  विदाइको क्रममा अध्यक्ष लगायत संस्थाका अन्य सहयात्री साथीहरूले मानविय सेवाका कार्यहरू, समाज सुधरको अपरिहार्य रचनात्मक कार्यहरू, जनचेतनामुलक कार्यक्रमहरू र राहतउद्दारका कार्यहरूमा नेपालीले पुर्याएको योगदानको चर्चा गर्दै जन-जागृतिबाट प्रशिक्षित भएका हरेक व्यक्तिहरू अन्य संघ संस्थामा नेतृत्व गरिरहेको बताउँदै संस्थाका हरेक ब्यक्ति नेतृत्व गर्न सक्षम रहेको बताउँदै नेपाल फर्कन लागेका नेपालीले पनि नेपालमा गएर नेतृत्वकर्ता बन्नु पर्ने बताएका थिए। भविष्यमा नेपालमा गएर पनि जागृतसँग निरन्तर सम्पर्कमा रहेर साथ, सहयोग, समर्थन र सहकार्य गर्न एवं शरीर टाढा भए पनि मन टाढा नगर्न सुझाउँदै विदाइ तथा शुभकामना दिएका थिए।

सामाजिक सेवा, जनचेतना र राहत उद्दारको  क्षेत्रमा कार्य गर्दै आएको यस संस्थाको स्थापना पश्चात कुवेत आइपुगेका नेपालीले संस्थाको विभिन्न पदमा रहेर कार्य गरेको र अग्रजहरूले देखाएको पदचाप पछ्याउँदै जिवनका हरेक घडिमा संघर्ष गर्न सिकेको बताउँदै आफु जहाँ रहे र भए पनि जन-जागृति युवा समाजको स्मरण गर्ने बताउँदै संस्थाले गर्ने हरेक कृयाकलापमा आफु जोडिने बताएका थिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...