Sunday 7th September 2025

सार्वजनिक स्थलमा निर्वस्त्र पारेर कुटपिट गर्नेलार्इ ६ महिना जेल


तितोपाटी – गत जेठ २५ अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिमाना सहित ६ महिना कैदको फैसला गर्नु भएको हो ।

प्रमुख जिल्ला अधिकारीको फैसला सहित दुवै जनालाई तुलसीपुर स्थित कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

कुटपीट पछि लागेको उपचार खर्च बाफतको ७ हजार रुपैयाँ समेत पीडकले दिने गरी फैसला गरेको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।

गत जेठ २६ गते सामाजिक सञ्जालमा दिलमायालाई कुटपीट गरिको भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्न दुई महिलालाई २७ गते नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

रेखा र अनिता गुप्ताले सार्वजनिक स्थानमै दिलमायालाई अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गरेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गरिएको प्रमुख पान्डेले जानकारी दिनुभयो ।

किन कुटिएकी थिईन दिलमाया

दाङको भालुवाङ क्षेत्र छिमेकी जिल्ला अर्घाखाँचीको सीमामा संग जोडिएको अर्काे जिल्ला हो । भालुवाङ पूर्जा बिहिन बजार क्षेत्र भएपनि व्यक्तिगत फाईदाका लागि सस्तोमा घर घडेरी खरिद बिक्रि हुने गर्दछ ।

केही समय पहिला मात्रै दिलमायाकी दिदीले गुप्ता परिवारलाई एउटा घडेरी बेचेकी थिइन्।ईप्रका भालुवाङका प्रमुख पाण्डेका अुनसार त्यो घडेरी उनीहरुले झन्डै ९ लाखमा किनेका रहेछन्।

दिदीले घडेरी बेचेपनि सँगै सटेको घडेरी दिलमायाले बेच्न मानेकी थिइनन्। तर, गुप्ता परिवार त्यो घडेरी जसरी पनि फुत्काउन उनिहरुको चाहाना थियो ।

घडेरीको निरीक्षणमा आएकी दिलमाया पुन माथि देउरानी जेठानी दिदी बहिनी रेखा र अनिताले घडेरी बेच्न कर गर्दै कुटपीट गरेका थिए ।

सस्तो दरमा घडेरी बेच्न करगर्दै रेखा र अनिताले कुटपिट संगै दिलमायालाई सार्वजनिक रुपमै निवस्त्र समेत बनाएको प्रहरी निरीक्षक पाण्डेले बताउँनुभयो ।

महिलाले महिलामाथि नै अमानवीय तरीकाले कुटपिट गरिरहेको उक्त भिडियो भाुवाङका एक जना बालकले खिचेका थिए। उक्त भिडियो भालुवाङकै रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि सबै कुरा सार्वजनिक भएको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...