Sunday 9th August 2026

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने पक्राउ


तितोपाटी – घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् ।

असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका आरोपीहरुलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले तेजको हत्यामा संलग्नलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढीको हिरासतमा राखेको छ ।

प्रारम्भिक अनुसन्धानबाट तेजकी श्रीमती लक्ष्मी बडैला र उनका प्रेमी गोदावरी–१२ का दीपक खत्रीले तेजको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

उनले असार ८ गते राति तेजलाई भेट्न बोलाएर खत्रीले टाउकोमा लठ्ठीले हानेर मारी भासुको भिडमा फालेको खत्रीले स्वीकार गरेको जनाएका छन् ।

बैशाखको महिनामा लक्ष्मीसँग विवाह गरेका पुनर्वास–२ दशरथ बस्ती टोलमा बस्दै आएका विष्ट गोदवारी–११ ओलानीस्थित ससुराली जानका लागि म २ प ७४७७ नम्बरको सेतो पल्सरमा हिँडेको उनका आमा हिरा विष्टले बताइन् ।

उनले ससुराली ४ बजे पुगेको र ७ बजे साथीको फोन आयो भन्दै ससुरालबाट नै हिँडेको बताइन् ।

अन्दाजी २४ वर्षीय तेजको शव प्रहरीले पोष्टमार्टमका लागि ल्याउने तयारी गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

उनले ५ मिटर गहिरो खोल्सामा लाश खसेको हुनाले उठाउन गाह्रो भइरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

प्रतिकृयाहरू
...