Thursday 21st August 2025

१८ घन्टाका लागि कृष्णनगर सीमानाका बन्द


तितोपाटी- बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ ।

कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो । दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनको विषयलाई लिएर ठूलो विवाद पर्नुका साथै झडपको स्थितिसमेत सिर्जना भएको थियो । सोही कारण यसवर्ष स्थानीय प्रशासनले १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको हो ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

प्रतिकृयाहरू
...