Monday 12th October 2026

१८ घन्टाका लागि कृष्णनगर सीमानाका बन्द


तितोपाटी- बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ ।

कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो । दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनको विषयलाई लिएर ठूलो विवाद पर्नुका साथै झडपको स्थितिसमेत सिर्जना भएको थियो । सोही कारण यसवर्ष स्थानीय प्रशासनले १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको हो ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...