Tuesday 3rd February 2026

आगामी चुनाव काँग्रेसले जित्ने-गगन थापा


तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको भन्दै सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्ने चेतावनी दिए । त्यस्तै उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीले मुलुकलाई कम्बोडियाको हुन्सन मोडालिटिमा लैजान लागेको आरोप लगाए ।
उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए ।उनले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी दिए । अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काँग्रेस लागि पर्ने बताए । उनले संविधानको ‘माइबाप’ कांग्रेस भएकोले वाचा समेत पुरा गर्ने स्पष्ट पारे । संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ,’ उनले भने, ‘त्यसैले अगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छ’ उनले भने ।”


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...