Monday 26th October 2026

रणवीर-दीपिका विवाह गर्दै


तितोपाटी – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।

फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको खन्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने छ ।

दुवै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको हो । परिवारका महिला सदस्यहरुले सपिङ पनि सुरु गरिसकेका छन् । केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी थिइन् । बिहेलाई धुमधामले मनाउन कुनै कसर नछाड्ने मुडमा दुवै परिवार छन् ।

दीपिका र रणवीरले केही समयअघि मालदिभ्समा ईंगेजमेन्ट गरेको पनि चर्चा छ । तर, यसको पुष्टि भने भएको छैन । दीपिकाको जन्मदिन मनाउने भनेर उनीहरु माल्दिभ्स गएका थिए ।

केही दिनअघि एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थिइन् । यो जोडी फिल्म ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको थियो । पछिल्लोपटक उनीहरुले फिल्म ‘पद्मावत’ मा सँगै काम गरेका थिए, जुन ब्लकबस्टर भयो ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...