Sunday 27th July 2025

तत्कालिन एमालेका सांसद डीबी कार्की घुस मुद्दामा पक्राउ


तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो ।

कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो । सिआइवीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए ।

यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए ।

पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए । त्यसवेला कार्कीसँगै स्वामी ब्रम्हानन्द उदास पनि पक्राउ परेका थिए ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...