Monday 12th October 2026

तत्कालिन एमालेका सांसद डीबी कार्की घुस मुद्दामा पक्राउ


तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो ।

कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो । सिआइवीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए ।

यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए ।

पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए । त्यसवेला कार्कीसँगै स्वामी ब्रम्हानन्द उदास पनि पक्राउ परेका थिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

प्रतिकृयाहरू
...