Friday 12th December 2025

सुरिलो स्वरका धनी भएर पनि किन विदेशिन बाध्य भए त इश्वर ?


डिबि बुढाथोकी – पाँचथर जिल्लाको साविक प्रङबुङ गाबिस-९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै गरेर पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए । ११, १२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडिन गए ।उनी अध्यन भन्दा संगीततिर औधी चासो राख्दै गएको बताउछन् । “कलेजको त नामै मात्र भयो, संगीत र डान्स सिक्न भनेपछि पढाइ छोडेर संगित डान्स सिक्न जान्थे” कलेजका ति दिन स्मरण गर्दै उनी भन्छन् ।

विदेशीनु हरेक नेपालीको रहर भनौ वा नेपालको राजनैतिक अस्थिरताले दिएको बाध्यात्मक उपहार भनाै प्रायः नेपाली विदेश गएर घरपरिवार नचलाउने कोहि पनि छैनन् होला । देशमै अवसर खोजौ कुनै सम्भावना देखिदैन । दक्ष अनि कला गला सबै कुराले पोख्त युवा युवती विदेशीएको देख्दा नेपाल आमाको मुटु कति दुख्छ होला । तर विडम्बना यस्तै छ जुन हामी यहाँ भिडियोबाट पनि छर्लङ्ग देख्न सक्छौ ।
आउनुहोस् मिठो स्वरका धनी गायक इश्वर रानासँगको कुराकानी हेरौः


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत…

न्यूयोर्क: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले बिहीबार म्यानमारको एक अस्पतालमा भएको हवाई आक्रमणको अनुसन्धान गर्न आह्वान गरेका छन् जसमा बिरामीहरू…

धेरै विश्वासिलो अन्तर्राष्ट्रिय रिपोर्टहरू अनुसार साउदी अरबले परम्परागत पूर्ण मदिरा प्रतिबन्धलाई पूर्ण रूपमा हटाएको औपचारिक घोषणा गरेन भने पनि, एक…

प्रतिकृयाहरू
...