Thursday 14th August 2025

कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा, वाग्लेले द्वारा राजीनामा


तितोपाटी- नेपाली दैनिक पत्रिका कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा नियुक्त भएका छन् । एक वर्ष अगाडि राजीनामा दिएर कान्तिपुरबाट बाहिरिएका शर्मा पुनः प्रधान सम्पादककै रुपमा कान्तिपुर फर्किएका हुन् ।

शर्माको राजीनामा पछि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका नारायण वाग्लेले भने पदबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै वाग्लेले कान्तिपुरबाट बिदा लिएको जनाएका छन् ।

कान्तिपुरको प्रधानसम्पादकबाट बिदा लिएका वाग्लेले अबको दिनमा पत्रकारिता र सिर्जनशील लेखनमा सक्रिय रहने जनाएका छन् ।‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लाग बढी श्रेयकर हुने लागेर मैले पेशागत जीवनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु । कान्तिपुर दैनिकबाट राजीनामा,’ वाग्लेले फेसबूकमा लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज…

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

प्रतिकृयाहरू
...