Thursday 18th June 2026

थप पाँच दिन रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको अनुमति


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो।

तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० पक्राउ गरेको थियो।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...