Wednesday 5th August 2026

कपिलवस्तुमा स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर


तितोपाटी- कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी वर्ष ३५ का शेखर भुषाल र सोही स्थान मनहरापुरका वर्षीय २९ का जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई सिएण्डसी अस्पताल ४ नं मा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये शेखरको अवस्था गम्भिर रह्ेको अस्पतालले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...