Friday 19th June 2026

यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर


तितोपाटी- युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि इटाली जाने गर्छन् ।

इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको पीआरका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरुले आवेदन पनि दिने गरेका छन् ।

कसले पाउँछन् इटालीको पीआर ?

इटालीले दुई वर्गीकरणमा पीआरको व्यवस्था गरेको छ । युरोपेली युनियनका सदस्य मुलुक तथा अन्य युरोपेली मुलुकका नागरिकलाई दिइने पीआर र युरोप बाहिरका मानिसहरुलाई दिइने पीआरको किसिम पनि फरक छ ।नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकले प्राप्त गर्ने पीआर पाउन अन्य युरोपेली मुलुकका नागरिकले भन्दा केही बढी प्रक्रिया पुर्‍याउनुपर्छ । त्यस्तै, इटालीले आर्थिक समस्याका कारण मुलुक छाडेर इटाली पुगेका आप्रवासीलाई पीआर दिँदैन । इटालीको पीआरका लागि निम्न योग्यता पुगेको हुनुपर्छ इटालीमा कम्तीमा ५ वर्ष बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआर आवेदकले आफू इटालीमा आउँदा प्राप्त गरेको अस्थायी बसोबास अनुमतिपत्र पेश गर्नुपर्छ ।

– कानूनी प्रक्रिया पूरा गरी इटाली आएको निश्चित गर्नुपर्छ । यसका लागि आफू इटाली आउँदा विमानस्थलको प्रहरी कार्यालयले जारी गरेको दर्ता प्रमाणपत्र पेश गर्नुपर्छ । पीआरका आवेदन दिने बेला इटालीमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । यसका लागि वैध अस्थायी ठेगाना वा भाडामा बस्दा गरेको सम्झौता पेश गर्नुपर्छ । इटालीमा आफ्नै कमाईमा स्वाबलम्बी रहेर बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआरको आवेदन दिँदा आफ्नो तलब, कर, रोजगारदाताको सम्झौताको विवरण पेश गर्नुपर्छ ।

 इटालीमा बसोबास गरिरहेको गरेर पीआरका लागि आवेदन दिने आवेदक विगतमा कुनै आपराधिक वा गैरकानूनी कार्यमा संलग्न हुनुहुन्न । त्यस्तै, आवेदकले सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा खतरा नपुर्‍याउने भनी स्थानीय प्रशासनले प्रदान गर्ने प्रमाणपत्र पेश गर्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...